स्मलवल्र्ड मार्फत ईसेवा मनी ट्रान्सफरको रेमिट्यान्स सेवा थप २२ वटा देशबाट शुरू

काठमाडौं, ८ पुस । ईसेवा मनी ट्रान्सफर र ‘स्मलवल्र्ड’बीच रेमिट्यान्स कारोबार गर्ने सम्झौता भएको छ । यो सेवा सुरु भएपछि अमेरिका, बेलायत, सेनजेन, ब्राजिलगरि २२ वटा देशहरुमा रहेका नेपालीहरुले स्मलवल्र्डमार्फत नगद तथा कुनै पनि बैंक खातामा र ईसेवा वालेटमा पैसा पठाउन सक्ने कम्पनीले बताएको छ ।
नगदमा पठाइएको रकम नेपाल भर रहेका ईसेवा मनि ट्रान्सफरका ८ हजारभन्दा एजेन्ट तथा ईसेवा वालेट एपमा पनि प्राप्त गर्न सकिनेछ । त्यसै गरी बैंक खातामा पठाएइको रकम तत्कालै सेवाग्राहीको बैंक खातामा जम्मा हुनेछ ।
स्मलवल्र्डले विश्वभरि २ लाख ५० हजारभन्दा धेरै एजेन्ट सञ्जाल र ८०० भन्दा बढी दक्ष जनशक्तिद्वारा वार्षिक १ करोड ५० लाखभन्दा वटा भन्दा बढी कारोबार गर्दछ । ईसेवा मनी ट्रान्सफरले डिजिटल रेमिट्यान्स्का साथै एजेन्ट बेस रेमिट्यान्स् सेवामार्पmत नेपालमा सेवा प्रदान गर्दै आइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *