Date

बुध, बैशाख १२, २०८१
Wed, April 24, 2024

नेपाल पुनर्बीमा कम्पनीको पाँचौं साधारणसभा पुस २९ मा

नेपाल पुनर्बीमा कम्पनीको पाँचौं साधारणसभा पुस २९ मा

काठमाडौं, ८ पुस । नेपाल पुनर्बीमा कम्पनीले पाँचौं वार्षिक साधारणसभा पुस २९ गते बोलाएको छ । कम्पनीको पुस ७ गते बसेको सञ्चालक समितिको बैठकले बिहान ११ बजे कार्की ब्यांक्वेट बबरमहलमा सभा आयोजना गर्ने निर्णय गरेको हो ।

साधारणसभाको प्रस्तावमा कम्पनीले आर्थिक वर्ष २०७५/७६ को वार्षिक प्रतिवेदन पारित गर्ने, आर्थिक वर्ष २०७६/७७ को लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने रहेको छ ।

कम्पनीले गत आर्थिक वर्षको कमाइबाट शेयरधनीलाई लाभांश भने नबाँड्ने भएको छ । साधारण सभा प्रयोजनको लागि कम्पनीले पुस १६ गतेदेखि बुक क्लोज गर्ने जानकारी दिएको छ । पुस १५ गतेसम्म कायम शेयरधनी मात्र सभामा भाग लिन योग्य हुने कम्पनीले जानकारी दिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x