Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

कोरोना कहर : सगरमाथा क्षेत्रमा ९६ प्रतिशतले घट्यो पर्यटक आगमन

कोरोना कहर : सगरमाथा क्षेत्रमा ९६ प्रतिशतले घट्यो पर्यटक आगमन

सोलुखुम्बु, ८ पुस । कोभिड महामारीका कारण समग्र पर्यटन प्रभावित भइरहँदा यससँग सम्बन्धित सबै गतिविधि सुस्ताएको छ । मुलुकको प्रमुख पदयात्रा एवं पर्यटन गन्तव्य सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रमा पनि यसको ठूलो असर परेको छ ।
निकुञ्जको तथ्यांकअनुसार चालू आवको पहिलो चौमासिक अवधिमा पर्यटनका विभिन्न गतिविधिका लागि निकुञ्ज क्षेत्रको भ्रमणमा आउने पर्यटक ९६ प्रतिशतले घटेका छन् । चालू आवको कात्तिक मसान्तसम्ममा ६८८ पर्यटकले निकुञ्ज क्षेत्रको भ्रमण गरेका छन
सो अवधिमा १३३ विदेशी र ५५५ स्वदेशी पर्यटकले भ्रमण गरेको कार्यालयले बताएको छ । गत आवको पहिलो चौमासिकमा १८ हजार ५४ पर्यटकले निकुञ्जको भ्रमण गरेका थिए, जसमध्ये १७ हजार ५६६ विदेशी र ४८८ स्वदेशी गरी रहेको कार्यालयले बताएको छ ।
पर्यटक घटेसँगै निकुञ्जको राजस्व संकलनमा समेत ह्रास आएको छ । मुख्य मौसममा पर्यटकीय गतिविधि ठप्प हुँदा राजस्व असुली करिब ९९ प्रतिशतले घटेको कार्यालयका सूचना अधिकारी पेम्बा शेर्पाले जानकारी दिए । गत आवको पहिलो चौमासिकमा पर्यटक प्रवेश शुल्कबाट चार करोड २८ लाख ९८ हजार ५५३ रुपैयाँ र हेलिकप्टर अवतरण तथा वन पैदावर शुल्कबाट १५ लाख २४ हजार ६११ रुपैयाँ राजस्व संकलन भएको थियो । कार्यालयले चालू आवको सोही अवधिमा पर्यटक प्रवेश शुल्कबाट ५ लाख १६ हजार ३५० र हेलिकप्टर अवतरण तथा वन पैदावर शुल्कबाट १८ हजार ३०६ रुपैयाँ असुली गरेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x