Date

आइत, बैशाख ७, २०८२
Sun, April 20, 2025

उखु किसानको बक्यौता रकम अविलम्ब भुक्तानी गर्न परिसंघको आग्रह

उखु किसानको बक्यौता रकम अविलम्ब भुक्तानी गर्न परिसंघको आग्रह

काठमाडौं, ८ पुस । नेपाल उद्योग परिसंघले उखु किसानहरुबाट खरिद गरेको उखुको बाँकी रहेको रकम अविलम्ब भुक्तानी गर्न चिनी उद्योगहरूसँग आग्रह गरेको छ । आपसी असमझदारी तथा अन्य कतिपय समस्याका कारण समयमै भुक्तानी हुन नसकेको हकमा समस्यालाई लम्ब्याउँदा दुबै पक्षलाई हानी पुग्न जाने भएकाले समाधानतर्फ सबैको ध्यान पुग्नु पर्ने ठहर परिसंघको छ ।
बक्यौता रकम भुक्तानी दिन सुरु गरेका तथा अधिकतम भुक्तानी गरिसकेका उद्योग तथा उद्योगीहरुको हकमा सरकारले अघि बढाएका कारबाही वा अन्य कदमहरु फिर्ता लिएर किसान र उद्योगबीचको सम्बन्ध सुधार तथा भुक्तानी प्रक्रियाको वातावरण थप सहज बनाउन पनि परिसंघले आग्रह गरेको छ । उखु उत्पादन किसानको रोजीरोटी तथा चिनी उद्योगले अत्यावश्यक वस्तुको माग पुरा गर्न योगदान गर्ने भएकोले चिनी उद्योगका समस्या समाधानमा सबै पक्षको संलग्नतामा ठोस समाधानको प्रयास थाल्न पनि परिसंघले सरकारसँग अनुरोध गरेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x