Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

पर्यटन प्रवर्द्धनका लागि लुम्बिनी–बैंकक सिधा हवाई सम्पर्कमा चेम्बरको जोड

पर्यटन प्रवर्द्धनका लागि लुम्बिनी–बैंकक सिधा हवाई सम्पर्कमा चेम्बरको जोड

काठमाडौं, ८ पुस । नेपाल चेम्बर अफ कमर्सले नेपाल र थाइल्याण्डबीच पर्यटन क्षेत्रको विकास र विस्तारका लागि सहकार्यमा जोड दिएको छ । थाइल्याण्डको बैंकक र निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबीच सिधा हवाई उडान गरी पर्यटन र सांस्कृतिक विकासमा दुई मुलुकसँगै अगाडि बढ्नुपर्ने चेम्बरको धारणा छ ।

नेपालका लागि थाइल्याण्डका राजदूत भोसिता भोरासफको सम्मानमा चेम्बरले बुधवार आयोजना गरेको कार्यक्रममा चेम्बर अध्यक्ष राजेशकाजी श्रेष्ठले लुम्बिनी–बैंकक सिधा हवाई उडानमा जोड दिए । उहाँले नेपाल र थाइल्याण्डबीच व्यापार, लगानी तथा पर्यटन प्रवद्र्धनको सम्भावनालाई उपयोग गर्न र ‘बौद्ध परिपथ’ प्रवद्र्धनका लागि लुम्बिनी–बैंककबीच सिधा हवाई सम्पर्कका लागि पहल गरिनुपर्ने धारणा राखे ।
सो अवसरमा राजदूत भोसिताले नेपाली व्यवसायी संस्थासँंग सहकार्य गरी दुवै देशको आर्थिक सम्बन्ध विस्तारका लागि पहल गर्ने बताए । पर्यटन क्षेत्र विस्तारका लागि ‘बौद्ध परिपथ’को अवधारणा तथा बैंकक–लुम्बिनीबीचको सिधा हवाई सम्पर्कलाई सकारात्मक रुपमा लिएकोे बताएको चेम्बरका महानिर्देशक कैलाशकुमार बजिमयले जानकारी दिए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x