सुनको मूल्य प्रतितोला ८०० घट्यो
काठमाडौं, १४ पुस । स्थानीय बजारमा मंगलबार सुनको मूल्य प्रतितोला ८०० रुपैयाँ घटेको छ । सोमबार प्रतितोला ९४ हजार ९०० रुपैयाँमा कारोबार भएको छापावाला सुन मंगलबार प्रतितोला ९४ हजरा १०० रुपैयाँमा खरिद विक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
तेजावि सुन प्रतितोला ९३ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँ घटेको छ । चाँदी आज प्रतितोला १ हजार ३०० रुपैयाँमा खरिद विक्री भइरहेको छ ।