नेपाल इन्फास्ट्रक्चर बैंकद्वारा प्रमुख कार्यकारी अधिकृतको माग
काठमाडौं, १४ पुस । नेपाल इन्फास्ट्रक्चर बैंकले प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा आवेदन माग गरेको छ । बैंकको सीईओ हुन व्यवस्थापन, बैंकिङ, अर्थशास्त्र, तथ्यांक, वाणिज्य र लेखालगायतका विषयमा स्नातकोत्तर उत्तीर्ण हुनुपर्ने छ । ६० वर्ष नकटेको र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा कम्तीमा १० वर्ष माथिल्लो तहमा बसेर काम गरेको अनुभव हुनुपर्नेछ।
बैंकको सीईओका लागि पुस २४ गतेसम्म आवेदन दिन सकिनेछ ।
बैंकका अनिल ज्ञवाली दुई वर्षे कार्यकाल सकेर बाहिरिएपछि बैंकले नयाँ सिइओको खोजी गरेको हो । ज्ञवाली बाहिरिएपछि कामु सीईओको जिम्मेबारीमा भुपेन्द्र पाण्डे रहेका छन् ।