Shangrila

सर्वोत्तम सिमेन्टले बुक विल्डिङ्ग विधिबाट आईपीओ निष्कासन गर्ने प्रस्ताव दोस्रो साधारणबाट पारित गर्ने

काठमाडौं, १४ पुस । सर्वोत्तम सिमेन्ट लिमिटेडले बुक विल्डिङ्ग विधिबाट आइपीओ निष्कासन गर्न दोस्रौं वार्षिक साधारणसभा माघ ६ गते आयोजना गरेको छ । कम्पनीले बिहान १० बजे तिनकुनेस्थित न्यौपानेटावरको सर्वोत्तम सिमेन्ट सभा हलमा सभा आयोजना गरेको हो ।

सभाले धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बुक विल्डिङ्ग विधिबाट गर्ने प्रस्ताव पारित गर्नेछ । सर्वसाधारणले बुक विल्डिङ्ग विधिबाट आइपीओ खरिद गर्दा न्यूनतम ५० कित्ताका लागि आवेदन दिनुपर्नेछ । न्यूनतम बाँडफाँट पनि ५० कित्ताबाट नै हुनेछ ।

त्यस्तै सभाले वार्षिक प्रतिवेदन, लेखा परीक्षकको प्रतिवेदनसहित आर्थिक वर्ष २०७६/७७ को वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण माथि छलफल गरी पारित गर्नेछ ।

 

Laxmi Bank

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *