Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

निर्धारित समयमा सम्पन्न भएन गौतमबुद्ध विमानस्थल

निर्धारित समयमा सम्पन्न भएन गौतमबुद्ध विमानस्थल

काठमाडौं, १९ पुस । राष्ट्रिय गौरवको आयोजना गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्धारित मितिमा सम्पन्न हुन सकेन । चिनियाँ निर्माण कम्पनी नर्थ वेस्ट सिभिल एभिएसनलाई २०२० डिसेम्बर ३१ सम्ममा उक्त विमानस्थल निर्माणको म्याद तोकिएकोमा लक्ष्य हासिल गर्न नसकेको हो ।
कम्पनीले सन् २०१४ डिसेम्बर ३१ मा ६ अर्ब २२ करोड ५१ लाख २० हजार २२७ रुपैयाँमा ग्लोबल टेन्डरमार्फत विमानस्थल निर्माणको ठेक्का पाएको थियो ।
थपिएको म्याद सकिएपछि विमानस्थल विस्तार आयोजनाले पुनः म्याद थपका लागि प्रक्रिया अगाडि बढाएको बताइएको छ । आयोजनाका अनुसार विमानस्थल निर्माणका लागि चीनबाट ल्याउनुपर्ने मेशिनरी उपकरणका साथै प्राविधिकहरू समयमै आउन नसकेको तोकिएको मितिमा विमानस्थलको काम सम्पन्न हुन नसकेको हो ।
म्याद थप प्रक्रिया अघि बढाउन कम्पनीले आयोजनालाई निवेदन दिइसकेको बताइएको छ । सन् २०१५ जनवरीमा विमानस्थलको आईसीपी १ को निर्माण शुरू भएको थियो । निर्माण कम्पनीसँग सन् २०१८ जुन ८ मा सक्नेगरी सम्झौता भए पनि लक्ष्य अनुसार काम नहुँदा आयोजनाको म्याद चारपटकसम्म थपिएको थियो ।
हालसम्मको भौतिक प्रगति ९३ प्रतिशतभन्दा बढी रहेको छ । विमानस्थल निर्माणमा अहिले २९ चिनियाँसहित २७५ कामदार खटिएको आयोजनाले बताएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x