सोमबार नेप्से घटेको दिन जानकी फाइनान्सका लगानीकर्ताले सबैभन्दा धेरै कमाए
काठमाडौं, २० पुस । तीब्र उतारचढावका बीच सोमबार शेयर बजार परिसूचक नेप्से घटेर बन्द भएको छ। सुरुवाती चरणमा परिसूचक बढेर २२१६ विन्दुसम्म पुगेको थियो । तर अन्तमा ६.३६ अंकले घटेर परिसूचक २१६९ विन्दुमा झरेको छ ।
हिजो भने परिसूचक ८८.१२ अंकले बढेको थियो ।
कारोबारमा आएका १२ वटा समूह मध्ये ५ वटामा बृद्धि भएको छ भने अरु बाँकी घटेको । सबैभन्दा धेरै बृद्धि निर्जीवन बीमा समूहमा आएको छ । उक्त समूहको ५२.४७ अंकले परिसूचक बढेको छ । घट्ने कम्पनीहरुमा भने उत्पादन तथा प्रशोधन समूहले सबैलाई उछिनेको छ। उक्त समूहको परिसूचक १००.५२ अंकले घटेको छ ।
सो अवधीमा २ सय २ कम्पनीको ५ अर्ब ९६ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । त्यसमा सबैभन्दा ठूलो हिस्सा नेपाल पुनर्बीमा कम्पनीको रहेको छ । यस कम्पनीको आज ४६ करोड रुपैयाँ भन्दा बढीको शेयर कारोबार भएको छ। दोस्रोमा नेपाल लाइफ इन्स्योरेन्स रहेको छ ।
त्यस्तै यस दिन जानकी फाइनान्सका लगानीकर्ताहरुले सबैभन्दा धेरै कमाएका छन् । यस फाइनान्सको शेयर मूल्य ९.९६ प्रतिशतले बढेर प्रतिकित्ता २ सय ५४ रुपैयाँमा कारोबार भयो ।