Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको ८ करोड कित्ता आईपीओ माघ २ गतेदेखि निष्कासन हुँदै

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको ८ करोड कित्ता आईपीओ माघ २ गतेदेखि निष्कासन हुँदै

काठमाडौं, २१ पुस । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले माघ २ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ। बैंकले जारी पूँजी २० अर्बको ४० प्रतिशतले हुन आउने ८ अर्ब रुपैयाँ बराबरको प्रतिकित्ता १०० अंकित मूल्यका ८ करोड कित्ता साधारण शेयर निष्कासन गर्न लागेको हो । यो नेपाली धितोपत्र बजारकै हालसम्मको ठूलो आईपीओ हो।

निष्कासन गरिने कुल शेयरमध्ये ०.२० प्रतिशत अर्थात १ लाख ६० हजार कित्ता शेयर कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशतले हुन आउने ४० लाख कित्ता शेयर सामूहिक लगानी कोषका लागि बाँडफाँट गरिनेछ । सर्वसाधारण लगानीकर्ताले बाँकी ७ करोड ५८ लाख ४० हजार कित्ताका लागि आवेदन दिने सक्नेछन् ।

बैंकको सो आईपीओमा माघ ६ गतेसम्म आवेदन दिन सकिनेछ। सो अवधिभित्र पूर्ण आवेदन नपरेमा निष्कासन अवधि माघ १६ गतेसम्म थपिनेछ।

हाल बैंकको चुक्ता पूँजी १२ अर्ब रुपैयाँ रहेको छ। ८ अर्ब रुपैयाँबराबरको आईपीओ बाँडफाँटपश्चात बैंकको चुक्ता पूँजी २० अर्ब पुग्नेछ।

इक्रा नेपालले बैंकलाई ‘इक्राएनपी आईआर त्रिपल बी’ रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको वित्तयि अवस्था मध्यम रहेको, समयमै वित्तीय दायित्व पुरा गर्ने सम्बन्धमा मध्यम सुरक्षित रहेको र मध्यम क्रेडिट जोखिम रहेको जनाउँछ।

बैंकको शेयर निष्कासन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x