Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

विद्युत् प्रणालीको प्रमुख हब ढल्केबर सबस्टेशनको क्षमता वृद्धि

विद्युत् प्रणालीको प्रमुख हब ढल्केबर सबस्टेशनको क्षमता वृद्धि

काठमाडौं, २१ पुस । मुलुकको विद्युत् प्रणालीको प्रमुख हबका रूपमा रहेको ढल्केबर सबस्टेशन थप क्षमतायुक्त बनाइएको छ । हालसम्मकै सबैभन्दा ठूलो मानिएको उक्त सबस्टेशनमा थप ३१५ एमभिए क्षमताको ट्रान्सफर्मर जडान गरिएको छ ।
उक्त सबस्टेशनको क्षमता बढाइएपछि पूर्वी तथा पश्चिम नेपाल एवम् राजधानी काठमाडौँमा विद्युत् आपूर्तिका लागि समेत थप सहज भएको छ । नेपाल विद्युत् प्राधिकरणले सरकारको लगानीमा ग्रिड सबस्टेशन क्षमता अभिवृद्धि आयोजनाअन्तर्गत ढल्केबरमा २२०÷१३२, ३१५ एमभिए क्षमताको पावर ट्रान्सफर्मर थप गरी थप क्षमतायुक्त बनाएको राससमा उल्लेख छ ।
अहिले ढल्ेकबर सबस्ेटशनमा २२०÷१३२ केभीका दुईवटा ट्रान्सफर्मर सञ्चालनमा छन्, जसको क्षमता ३२० एमभिए छ । अब सबस्टेशनको क्षमता ६३५ एमभिए पुगेको छ । ग्रिड सबस्टेशन क्षमता अभिवृद्धि आयोजनाअन्तर्गत ढल्केबरमा जडान गर्न लागिएको ३१५ एमभिएका दुईवटा ट्रान्सफर्मरमध्ये एउटा चार्ज गरिएको हो ।
४५६ मेगावाटको माथिल्लो तामाकोशी आएपछि आन्तरिक रूपमा खपत हुन नसकेको विद्युत् निर्यात गर्न पूर्वाधार तयार भएको उनको भनाइ छ । केही महिनाअघि सञ्चालनमा आएको ४००÷२२० केभी ढल्केबर सबस्टेशनमा ३१५ एमभिए क्षमताका तीनवटा गरी ९४५ एमभिए क्षमताको पावर ट्रान्सफर्मर छन्, जसले करीब नौ सय मेगावाट विद्युत्लाई प्रसारण गर्न सक्ने क्षमता राख्दछ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x