Date

आइत, बैशाख २८, २०८२
Sun, May 11, 2025

यो वर्ष नेपालको आर्थिक बृद्धिदर ०.६ प्रतिशत रहने विश्व बैंकको प्रक्षेपण

यो वर्ष नेपालको आर्थिक बृद्धिदर ०.६ प्रतिशत रहने विश्व बैंकको प्रक्षेपण

काठमाडौं, २२ पुस । चालु आर्थिक वर्ष २०७७–७८ मा नेपालको आर्थिक वृद्धिदर ०.६ प्रतिशत रहने विश्व बैंकको प्रक्षेपण छ । मंगलबार सन् २०२१ को पहिलो प्रतिवेदन ‘ग्लोबल इकोनोमिक प्रस्पेक्ट’ सार्वजनिक गर्दै विश्व बैंकले यस्तो प्रक्षेपण गरेको हो ।

सरकारले बजेट मार्फत भने चालु आर्थिक वर्षमा ७ प्रतिशतको आर्थिक बृद्धिको लक्ष्य राखेको छ। विश्व बैंकका अनुसार दक्षिण एसियाली भेगमा यस वर्ष सबैभन्दा गहिरो आर्थिक क्षति भारतले बेहोर्दैछ । भारतको आर्थिक वृद्धिदर ९.६ प्रतिशतले नकारात्मक रहने छ र बंगलादेशको आर्थिक वृद्धि नकारात्मक रहने अर्थात ०.७ प्रतिशत रहने विश्व बैंकको प्रक्षेपण छ ।

विश्व अर्थतन्त्रमा भने सन् २०२१ मा ४ प्रतिशतको आर्थिक वृद्धिदर कायम हुने विश्व बैंकले जनाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *