Date

बुध, मंसिर १२, २०८१
Wed, November 27, 2024

उड्डयन क्षेत्रमा कोभिड प्रभाव : अन्तर्राष्ट्रिय तथा आन्तरिकतर्फ औसत ७१ प्रतिशतले घटे यात्रु

उड्डयन क्षेत्रमा कोभिड प्रभाव : अन्तर्राष्ट्रिय तथा आन्तरिकतर्फ औसत ७१ प्रतिशतले घटे यात्रु

काठमाडौं, २३ पुस । कोभिड महामारीका कारण सबैभन्दा प्रभावित भएको क्षेत्र हो पर्यटन । पर्यटन अन्तर्गत विभिन्न व्यवसायमध्ये कोभिडका कारण उड्डयन क्षेत्रमा पनि ठूलो धक्का लागेको छ । सन् २०२० मा नेपालमा अन्तर्राष्ट्रिय तथा आन्तरिक हवाई यात्रुको संख्या ठूलो अंकले घटेको छ । साथै एयरलाइन्सहरूको व्यवसायमा पनि अर्बौं रुपैयाँले ह्रास आएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले प्रकाशन गरेको तथ्यांक अनुसार सन् २०२० को जनवरीदेखि नोभेम्बरसम्मको अवधिमा नेपालमा हवाई यात्रु (अन्तर्राष्ट्रिय तथा आन्तरिक) औसत ७१ प्रतिशतले घटेका छन् ।

सो अवधिमा अन्तर्राष्ट्रिय यात्रुको संख्याअघिल्लो वर्षको तुलनामा करीब ७५ प्रतिशतले घटेर १० लाख ३९ हजार ३२२ सीमित छ । अघिल्लो वर्ष ४१ लाख ३८ हजार ४८२ यात्रुले यात्रा गरेका थिए । त्यस्तै आन्तरिकतर्फका यात्रु सन् २०१९ को तुलनामा ६७ प्रतिशतभन्दा धेरैले घटेका छन् । प्राधिकरणका अनुसार सन् २०२० को जनवरीदेखि नोभेम्बरसम्ममा आन्तरिकतर्फ १० लाख ३० हजार २९६ जनाले यात्रा गरेका छन् । अघिल्लो वर्ष यो संख्या ३१ लाख ८८ हजार ४७९ थियो ।

सो अवधिमा नेपालका एयरलाइन्सहरूको आम्दानी समेत १७ अर्ब ६४ करोड घटेको प्राधिकरणको तथ्यांक छ । महामारीले नेपाल नागरिक उड्डयन प्राधिकरणको आम्दानी पनि यो वर्ष ८० प्रतिशतले घटेको छ । प्राधिकरणले सन् २०२० मा ५ अर्बमात्र आम्दानी गरेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x