Date

मङ्ल, बैशाख ३०, २०८२
Tue, May 13, 2025

ग्लोबल आइएमई बैंकको १४औं वार्षिकोत्सवको अवसरमा ‘ग्लोबल स्मार्ट’मा क्यासब्याक योजना

ग्लोबल आइएमई बैंकको १४औं वार्षिकोत्सवको अवसरमा ‘ग्लोबल स्मार्ट’मा क्यासब्याक योजना

काठमाडौं, २२ पुस । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो स्थापनाको चौधौं वार्षिकोत्सवको अवसरमा मोबाइल बैंकिङ तथा ग्लोबल स्मार्ट प्रयोगकर्ताहरु लक्षित गरी क्यासब्याक योजना ल्याएको छ ।
बैंकको मोबाइल बैकिङ÷ग्लोबल स्र्माट सेवा लिई हालसम्म कुनै प्रकारको कारोबार नगरेका ग्राहकले ग्लोबल स्मार्ट प्रयोग गरी प्रथम पटकको कुनै पनि कारोबारमा (वालेट लोड तथा मोबाइल टपअप बाहेक) रू. ५० र क्यूआरमार्फतको पहिलो भुक्तानीमा रु. १०० प्राप्त (क्यासब्याक)गर्न सक्ने बैंकले बताएको छ ।
ग्लोबल आइएमई बैंकले आफ्ना ग्राहकको सुविधा र सन्तुष्टिलाई ध्यानमा राखेर यस्ता विभिन्न प्रकारका योजनाहरु ल्याउने गरेको बताइएको छ । सबै क्षेत्र रवर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले बैंकले ७ वटै प्रदेश तथा ७३ जिल्लामा २६४ शाखा, २४० एटीएम, २४३ शाखा रहित बैंकिङ्ग सेवा, २४ एक्सटेन्सन काउण्टर, १ सीडीएस क्लियरिङ काउण्टर सहित, २३ राजस्व कलेक्सन काउण्टर तथा ३ वैदेशिक प्रतिनिधि÷सम्पर्क कार्यालय समेत गरी करिब ७९७ सेवा केन्द्रबाट सेवा प्रदान गर्दै आएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *