गोकर्ण फरेस्ट तथा पार्क भिलेज रिसोर्टमा माछापुच्छ्रे बैंका ग्राहकले १० प्रतिशत छुट पाउने
काठमाडौं, २३ पुस । गोकर्ण फरेस्ट र पार्क भिलेज रिसोर्टले माछापुच्छ्रे बैंकका ग्राहकहरुलाई छुट प्रदान गर्ने भएका छन् ।
बैंकका ग्राहकहरूले गोकर्ण फरेस्ट रिसोर्टको खाना, स्पा र पेय पदार्थमा १० प्रतिशतसम्म छुट पाउनेछन् । त्यसैगरि पार्क भिलेज रिसोर्टको सम्पुर्ण सुविधाहरुमा १० प्रतिशतसम्म छुट पाउने बैंकले जनाएको छ।
बैंकका ग्राहकहरूले उक्त छुट पाउनका लागि बैंककै डेबिट÷क्रेडिट कार्ड तथा क्यूआर प्रयोगगरि बिल भुक्तानी गर्नुपर्ने छ।