Date

आइत, असार २२, २०८२
Sun, July 6, 2025

नेपाल एसबिआई बैंकको ९.४७ प्रतिशत लाभांश पारित

नेपाल एसबिआई बैंकको ९.४७ प्रतिशत लाभांश पारित

काठमाडौं, २८ पुस । नेपाल एसबिआई बैंक लिमिटेडको आज सम्पन्न २७औं वार्षिक साधारणसभाले ९.४७ प्रतिशत लाभांश पारित गरेको छ । सभाले चुक्तापूँजीको ६ प्रतिशत बोनस शेयर र ३.४७ प्रतिशत नगद लाभांश वितिरण गर्ने प्रस्ताव पारित गरेको हो ।

बैंकको हाल चुक्तापूँजी ८ अर्ब ९५ करोड ६२ लाख रुपैयाँ रहेको छ ।

सभाले उपयुक्त बैंक तथा वित्तीय संस्थाहरु गाभ्ने÷गाभिने वा प्राप्ति गर्ने सम्बन्धमा प्रचलित नियम, कानुन बमोजिम बैंकको तर्फबाट गर्नुपर्ने सम्पूर्ण आवश्यक कामहरु गर्ने अख्तियारी सञ्चालक समितिलाई दिएको छ ।

एसबिआई बैंकको गत आर्थिक वर्ष २०७६÷७७ मा २ अर्ब २३ करोड १८ लाख रुपैयाँ नाफा घटेको थियो भने चालु आर्थिक वर्षको पहिलो त्रैमासमा पनि ५४ प्रतिशतले नाफा घटेको छ।
यो बैंकमा भारतीय स्टेट बैंकको ५५ प्रतिशत शेयर स्वामित्व रहेको छ । बाँकी ४५ प्रतिशत शेयर स्वामित्वमा कर्मचारी सञ्चय कोषको १५ प्रतिशत र सर्वसाधारणको ३० प्रतिशत रहेको छ ।
बैंकले देशका ७७ जिल्लामध्ये ५१ जिल्लामा ८८ वटा शाखा कार्यालय, १९ वटा विस्तारित काउण्टर, ७ वटा प्रादेशिक कार्यालय, १ विशेष शाखा कार्यालय र १२४ एटीएममार्फत सेवा दिँदै आएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *