Date

मङ्ल, मंसिर ११, २०८१
Tue, November 26, 2024

नेप्से परिसूचक लगातार उचाइमा, २८ अंकले वृद्धि हुँदा परिसूचक २२६७.७३ विन्दुमा

नेप्से परिसूचक लगातार उचाइमा, २८ अंकले वृद्धि हुँदा परिसूचक २२६७.७३ विन्दुमा

काठमाडौं, २८ पुस । लगातार उकालो लागेको नेप्से परिसूचक साताको तेस्रो कारोबार दिन मंगलबार (आज) पनि २८.३१ अंक वृद्धि भएको छ । नेप्से परिसूचक २८.३१ अंकले वृद्धि हुँदा परिसूचक २२६७.७३ विन्दुमा पुगेर रोकिएको छ । गत कारोबारको तुलनामा परिसूचक १.६ प्रतिशतले वृद्धि भएको हो ।

त्यस्तै आज सेन्सेटिभ इन्डेक्स पनि ०.९१ प्रतिशतले वृद्धि भएको छ । २०२ कम्पनीको १ करोड ३५ लाख ३१ हजार २२७ कित्ता शेयर ४ अर्ब ९८ करोड २३ लाख रुपैयाँमा खरिद विक्री भएको छ । सर्वाधिक शेयर मूल्य वृद्धि आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको भएको छ । यो कम्पनीको शेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ । आज यो कम्पनीको प्रतिशेयर मूल्य ८२५ रुपैयाँ कायम भएको छ ।

त्यस्तै सर्वाधिक मूल्यको शेयर खरिद विक्री प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेडको भएको छ । यो कम्पनीको २९ करोड ६ लाख रुपैयाँभन्दा बढीको शेयर खदिर विक्री भएको छ । कारोबारमा आएका १२ समूहमध्ये उद्योग समूहको परिसूचक घटेको छ भने बाँकी समूहको परिसूचक वृद्धि भएको छ । उद्योग समूहको परिसूचक ०.६१ प्रतिशत घटेको छ । आज सर्वाधिक परिसूचक वृद्धि जीवन बीमा समूहको भएको छ । यो समूहको परिसूचक २.६७ प्रतिशतले वृद्धि भएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x