Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

प्रतिकूल मौसमले प्रभावित बन्दै आन्तरिक उडान

प्रतिकूल मौसमले प्रभावित बन्दै आन्तरिक उडान

काठमाडौं, २८ पुस । मौसममा आएको परिवर्तनले हुस्सुका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक उडान दुई दिनदेखि प्रभावित बनेको छ । विमानस्थलबाट उडान हुने तराईका विराटनगर, भद्रपुर, जनकपुर, सिमरा, भैरहवा, नेपालगञ्जलगायत गन्तव्यको उडान प्रभावित भएको हो ।
बाक्लो हुस्सुले आन्तरिक उडान प्रभावित भए पनि अन्तर्राष्ट्रिय उडान भने सामान्य रहेको विमानस्थल कार्यालयले बताएको छ । प्रतिकूल मौसमका कारण तराईका अधिकांश गन्तव्यको उडान प्रभावित भएको विमानस्थलका प्रवक्ता देवचन्द्रलाल कर्णलाई उद्धृत गर्दै राससले उल्लेख गरेको छ । उनका अनुसार सोमवार तराई तथा पहाडी क्षेत्रका विमानस्थल ८८ उडान तालिका रहेकामध्ये ४० उडान रद्द भए । आज मंगलवार पनि अधिकांश स्थानमा उडान हुन सकेको छैन ।
बुद्ध एयर, यती एयरलाइन्स, श्री एयरलाइन्सलगायत कम्पनीको उडान रद्द भएपछि यात्रुले निकै सास्ती बेहोरेका छन् । उडान नभएपछि गन्तव्य हिँडेका यात्रु दिनभरजसो विमानस्थलमा अलपत्र परेका छन् ।
मंगलवार काठमाडौंको अतिकतम तापक्रम २१ दशमलव ५ र न्यूनतम तापक्रम ५ दशमलव ४ डिग्रिसेल्सियस रहेको छ । हुस्सु र कुहिरोका कारण देशका अधिकांश स्थानको तापक्रम घटेको छ । राजधानी काठमाडौँ उपत्यकामा पनि आज बिहानैदेखि राम्रोसँग घाम नलागेका कारण केही चिसो महसुस गरिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x