Date

बिहि, असार १९, २०८२
Thu, July 3, 2025

नविल बैंकका शेयरधनीलाई ३३.५ प्रतिशत बोनस शेयर, पुँजी १३ अर्ब ४७ करोड पुग्ने

नविल बैंकका शेयरधनीलाई ३३.५ प्रतिशत बोनस शेयर, पुँजी १३ अर्ब ४७ करोड पुग्ने

काठमाडौं, २९ पुस । नविल बैंकले गत आर्थिक वर्ष २०७६–७७ को मुनाफाबाट ३३.५ प्रतिशत बोनस शेयर र बोनस शेयरमा लाग्ने कर प्रयोजनका लागि १.७५ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । बैंकको आज आयोजित ३६ औं वार्षिक साधारण सभाले संचालक समितिले पेश गरेको उक्त प्रस्ताव स्विकृत गरेको हो ।

वाणिज्य बैंकहरुमध्ये यो लाभांश रकम सबैभन्दा धेरै भएको बताइएको छ। अघिल्लो वर्ष बैंकले १२ बोनस शेयर र २२ प्रतिशत नगद लाभांश वितरण गरेको थियो।

हाल बैंकको चुक्ता पुँजी १० अर्ब ९ करोड रुपैयाँ रहेको छ। तीन अर्ब ३८ करोड रुपैयाँको बोनस शेयर वितरणपछि चुक्ता पुँजी १३ अर्ब ४७ करोड रुपैयाँ पुग्नेछ। बैंकले गत आर्थिक वर्षमा तीन अर्ब ५६ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *