Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

बुधबार नेप्से परिसूचक २२८६ विन्दुमा, झण्डै ६ अर्बको कारोबार

बुधबार नेप्से परिसूचक २२८६ विन्दुमा, झण्डै ६ अर्बको कारोबार

काठमाडौं, २९ पुस । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बुधबार (आज) पनि बढेर बन्द भएको छ । गत हप्तादेखि नै उकालो लागेको बजार आज १८.८१ अंक वृद्धि भएर २२८६.५४ विन्दुमा रोकिएको हो । आज २०७ कम्पनीको १ करोड ३२ लाख ८९ हजार ८४९ कित्ता शेयर ५ अर्ब ९१ करोड ४३ लाख रुपैयाँमा खरिद विक्री भएको छ ।

सर्वाधिक शेयर मूल्य वृद्धि कर्पाेरेट डेभलपमेन्ट बैंक लिमिटेडको भएको छ । यो बैंकको शेयर मूल्य १० प्रतिशत वृद्धि भएर प्रतिशेयर मूल्य ३४१ रुपैयाँ कायम भएको छ । ९ वटा कम्पनीको शेयर मूल्य ९ प्रतिशतभन्दा बढी वृद्धि भएको छ ।

सर्वाधिक मूल्यको शेयर खरिद विक्री नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको भएको छ । यो कम्पनीको २६ करोड ५५ लाख रुपैयाँभन्दा बढीको शेयर खदिर विक्री भएको छ । आज दूरसञ्चारको प्रतिशेयर मूल्य १ हजार २६३ रुपैयाँ कायम भएको छ ।

कारोबारमा आएका १२ समूहमध्ये बैंकिङ्ग र होटल समूहको परिसूचक घटेको छ भने बाँकी समूहको परिसूचकमा वृद्धि भएको छ । बैंकिङ्ग समूहको ०.१८ प्रतिशतले र होटल समूहको ०.२८ प्रतिशतले परिसूचक घटेको हो । सर्वाधिक परिसूचक वृद्धि वित्त समूहको भएको छ । यो समूहको परिसूचक ४.७५ प्रतिशतले वृद्धि भएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x