ग्लोबल आइएमई बैंकको १४औं वार्षिक साधारणसभा सम्पन्न
काठमाडौं, २९ पुस । ग्लोबल आइएमई बैंक लिमिटेडको १४औं वार्षिक साधारणसभाले १६ प्रतिशत लाभांश पारित गरेको छ । बैंकको बुधबार (आज) सम्पन्न साधारणसभाले आर्थिक वर्ष २०७६÷७७ को मुनाफाबाट चुक्तापूँजीको २ प्रतिशत नगद लाभांश र १४ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको हो । बोनस शेयर वितरण पश्चात् बैंकको चुक्तापूँजी २१ अर्ब ६३ करोड पुग्नेछ ।
त्यस्तै सभाले संस्थापक शेयरधनी समूहबाट ३ जना र सर्वसाधारण शेयरधनी समूहकबाट ३ जना गरी ६ जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव पनि पारित गरेको छ ।
सभाले अन्य बैंक तथा वित्तीय संस्थासँग मर्जर वा प्राप्ति गर्ने वा स्वदेशी/विदेशी रणनीतिक साझेदारीमा जना आवश्यक सअमति वा सम्झौता लगायतका काम गर्न सम्के अख्तियारी सञ्चालक समितिलाई प्रदान गरेको छ ।
हाल ग्लोबल आइएमई बैंकले २६४ शाखा कार्यालय २३९ एटीएम, ४७ एक्सटेन्सन काउन्टर र २४३ वटा शाखारहित बैंकिङ्गमार्फत सेवा दिँदै आएको छ ।