प्रधानमन्त्री ओलीको विशेष आर्थिक सल्लाहकारमा दुगड
काठमाडौं, ५ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीको विशेष आर्थिक सल्लाहकारमा पूर्व उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतिलाल दुगड नियुक्त भएका छन् । पछिल्लोपटक गरिएको मन्त्रिपरिषद हेरफेरमा बहिर्गमनमा परेका उनलाई मन्त्रीपरिषद् बैठकले विशेष आर्थिक सल्लाहकारमा नियुक्त गरेको हो ।
यसअघि प्रधानमन्त्री ओलीको विशेष आर्थिक सल्लाहकारमा पूर्वअर्थमन्त्री डा युवराज खतिवडा थिए । तर उनी अमेरिकाका लागि नेपालको राजदूत नियुक्त भएका छन्।
तत्कालीन नेकपा एमालेको तर्फबाट समानुपातिकबाट प्रतिनिधि सभामा सांसद भएका दुगड व्यवसायी हुन ।