दोस्रो त्रैमासमा कामना सेवा विकास बैंकको नाफामा १६२ प्रतिशतको बृद्धि
काठमाडौं, ५ माघ । चालू आर्थिक वर्ष २०७७–०७८ को दोस्रो त्रैमासमा कामना सेवा विकास बैंकको नाफा १६२.६२ प्रतिशतले बढेको छ । गत वर्षको सोही अवधीमा बैंकले १४ करोड ८४ लाख नाफा गरेकोमा यो वर्ष ३९ करोड रुपैयाँ खुद नाफा कमाएको छ ।
बैंकको वितरणयोग्य नाफा २७ करोड १९ लाख रुपैयाँ छ । यस्तै यो अवधीमा बैंकको निक्षेप संकलन पनि १९.६९ प्रतिशतले बढेर ३८ अर्ब १८ करोड रुपैयाँ पुगेको छ भने कर्जा प्रवाह २०.२६ प्रतिशतले बढेर ३१ अर्ब २० करोड रुपैयाँ पुगेको छ ।
बैंकको खुद ब्याज आम्दानी १९.८५ प्रतिशतले बढेर ६८ करोड ८० लाख रुपैयाँ पुगेको छ । बैंकको रिजर्भ कोषमा ७६ करोड ४२ लाख रुपैयाँ रहेको छ ।
तर यो अवधीमा बैंकको खराब कर्जा अनुपात भने १.३७ प्रतिशतबाट बढेर १.५९ प्रतिशत पुगेको छ ।