नेपाल इन्स्योरेन्सका शेयरधनीलाई १० प्रतिशत लाभांशको प्रस्ताव
काठमाडौं, ९ माघ । नेपाल इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्ष २०७६–०७७ को मुनाफाबाट शेयरधनीहरुलाई १० प्रतिशत लाभांश दिने भएको छ। कम्पनीले ८ प्रतिशत बोनस शेयर र २ प्रतिशत नगद लाभांश गरी कुल १० प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको हो ।
यो प्रस्ताव नियाक निकाय बीमा समितिबाट स्वीकृती भएपश्चात कम्पनीको आगामी साधारण सभामा पेश गरिने छ । साधारण सभाबाट पारित भएपछि शेयरधनीले पाउने छन् ।