युरोपमा कोभिड खोपको अभाव, खोप कार्यक्रम स्थगित
काठमाडौं, १० माघ । यूकेको कम्पनी एस्ट्राजेनिकाले उत्पादनमा देखिएको समस्याका कारण अनुमान गरिएभन्दा कम मात्रामा खोप उत्पादन हुने बताएको छ। कम्पनीको उक्त भनाइसँगै युरोपेली सङ्घ निराश बनेको हो । युरोपका कयौँ भागमा फाइजररबायोएनटेकले वाचा गरे अनुरूपको आपूर्ति नगरेपछि कोभिडको खोप दिने काम रोकिएको छ ।
अक्सफर्ड विश्वविद्यालयसँगको सहकार्यमा खोप विकास गरेको एस्ट्राजेनिकाले एक विज्ञप्ति जारी गर्दै पछिल्लो अवस्थाबारे जानकारी गराएको थियो ।
यो खोपलाई हालसम्म सङ्घको नियामक निकायले प्रयोगका लागि स्वीकृत गरिसकेको छैन।
कयौँ युरोपेली देशमा सङ्क्रमितको सङ्ख्या उकालो लागिरहेका बेला अमेरिकी औषधि उत्पादक कम्पनीले अस्थायी रूपमा आपूर्ति घटाउँदा खोप वितरण प्रभावित भएको हो। यस्तै जर्मनीको सबैभन्दा धेरै जनसङ्ख्या भएको राज्य र इटलीका कयौँ क्षेत्रमा खोपको पहिलो मात्रा दिने काम अहिले रोकिएको छ ।
म्यड्रिडमा स्वास्थ्यकर्मीलाई खोप दिने समेत बन्द गरिएको बताइएको छ।