Date

आइत, जेष्ठ २५, २०८२
Sun, June 8, 2025

पठाओले ग्राहकहरु र राईडरहरुको बीमा गर्ने

पठाओले ग्राहकहरु र राईडरहरुको बीमा गर्ने

काठमाडौं, १० माघ । पठाओ नेपालले राईड शेयरिङ्ग तथा फुड डेलिभरी एपले ग्राहकहरु र राईडर÷चालकको बीमा गर्ने भएको छ। कम्पनीले बीमा सुविधा प्रदान गर्न एभरेष्ट इन्स्योरेन्स कम्पनीसँग सम्झौता गरेको छ ।

उक्त साझेदारी अन्तर्गत राईडको दौरान कुनै पनि ग्राहक तथा राईडर÷चालकहरुको दुर्घटनाका कारणले हुने मृत्यु, अपाङ्गता जस्तो अवस्थामा बढीमा ५ लाख रुपैयाँसम्मको बीमा रकम प्राप्त गर्नेछन् ।

यसको साथै कुनै पनि ग्राहक तथा राईडर÷चालकहरुले १ लाख रुपैयाँ सम्मको दुर्घटना उपचार बीमा पनि पाउँने कम्पनीले जनाएको छ। यी दुवै सेवाहरु उपयोग गर्नका लागि सम्बन्धित व्यक्तिले दुर्घटना भए पश्चात ३० दिनभित्र बीमा कम्पनीको नियमानुसार तोकिएको कागजातहरु सहित निवेदन गर्नु पर्ने छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *