Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

शेयर कारोबारमा नयाँ रेकर्ड

शेयर कारोबारमा नयाँ रेकर्ड

काठमाडौं, ११ माघ । लगातार उकालो लागेको शेयर बजारमा आइतबार (आज) परिसूचकसँगै करोबार रकमले पनि नयाँ रेकर्ड राखेको छ । आज नेप्से परिसूचक २४०० विन्दु माथि पुगेको छ भने शेयर कारोबार ९ अर्ब ३७ करोड रुपैयाँभन्दा बढीको भएको छ । आज नेप्से परिसूचक ५०.२७ अंक वृद्धि भई हालसम्मकै उच्च विन्दु २४२४.८४ विन्दुमा पुगेर बन्द भएको हो । उच्च विन्दुमा पुगेर बन्द भएको शेयर बजारमा कारोबार रकमले पनि नयाँ रेकर्ड बनाएको छ । गत मंसिर १४ गते सर्वाधिक मूल्य ९ अर्ब २२ करोड रुपैयाँको शेयर खरिद विक्री भएकोमा आज उक्त रेकर्ड तोडिएको छ । आज हालसम्मकै सर्वाधिक मूल्यको शेयर खरिद विक्री भएको छ । २०७ कम्पनीको १ करोड ९३ लाख ७९ हजार ४२ कित्ता शेयर ९ अर्ब ३७ करोड ६० लाख रुपैयाँमा खरिद विक्री भएको छ ।

सर्वाधिक शेयर मूल्य वृद्धि महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, ग्रामिन विकास लघुवित्त वित्तीय संस्था लिमिटेड, पोखरा फाइनान्स लिमिटेड र गुरास लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको छ । य कम्पनीहरुको शेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ । सर्वाधिक शेयर मूल्य घट्नेमा नारायणी डेभलपमेन्ट बैंक लिमिटेड रहेको छ । यो कम्पनीको शेयर मूल्य ९.९१ प्रतिशत घटेर ६२७ रुपैयाँ कायम भएको छ ।

त्यस्तै सर्वाधिक मूल्यको शेयर खरिद विक्री नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको भएको छ । यो कम्पनीको ६६ करोड ८२ लाख रुपैयाँभन्दा बढीको शेयर खरिद विक्री भएको हो । यो कम्पनीको प्रतिशेयर मूल्य २ हजार ८४९ रुपैयाँ कायम भएको छ ।

आज कारोबारमा आएका १२ समूहमध्ये उद्योग समूहको परिसूचक घटेको छ भने बाँकी बाँकी समूहको परिसूचक वृद्धि भएको छ । उद्योग समूहको २.४७ प्रतिशतले परिसूचक घटेको हो । सर्वाधिक परिसूचक वृद्धि अन्य समूहको भएको छ । यो समूहको परिसूचक ५.६९ प्रतिशतले वृद्धि भएको हो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x