Date

आइत, कार्तिक २, २०८२
Sun, October 19, 2025

यूनाइटेड इन्स्योरेन्सको लोगो परिवर्तन

यूनाइटेड इन्स्योरेन्सको लोगो परिवर्तन

काठमाडौं, ११ माघ । यूनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेडले लोगो परिवर्तन गरेको छ। कम्पनीको रि–ब्रान्डीङ अभियान अन्तर्गत लोगो परिवर्तन गरिएको हो ।

कम्पनीले ग्राहकहरुको बदलिँदो आवश्यकता, चाहना र माग बमोजिम सेवालाई थप सरल, सहज गर्दै समयानुकुल अद्यावधिक गर्न, नयाँ टिम, नयाँ कार्य योजना, नयाँ कार्य पद्धति तथा नयाँ प्रविधिको प्रयोग गर्दै आएको जानकारी दिएको छ।

यस कम्पनीले चालु आर्थिक वर्षको मंसिर मसान्तसम्म ४७ करोड २५ लाख ७२ हजार रुपैयाँ बीमा शूल्क संकलन गरेको छ । यो रकम गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५९ प्रतिशतले बढी हो । यस्तै कम्पनीले अग्नि, समुद्रिक, मोटर, लघु तथा पशुपंछि लगायतका निर्जीवन बीमा सेवा दिदै आएको छ । कम्पनीको देशभर ३४ शाखा कार्यालय संचालनमा छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *