Date

बिहि, बैशाख १३, २०८१
Thu, April 25, 2024

व्यापार सहजीकरणका लागि पूर्वाधार विस्तारमा निजीक्षेत्रको जोड

व्यापार सहजीकरणका लागि पूर्वाधार विस्तारमा निजीक्षेत्रको जोड

काठमाडौं, १२ माघ । व्यापार सहजीकरणका लागि भन्सार र सीमा नाकाका पूर्वाधार विकास गर्नुपर्नेमा उद्यमी व्यवसायीले जोड दिएका छन् । अन्तरराष्ट्रिय भन्सार दिवसको अवसरमा आइतवार नेपाल उद्योग वाणिज्य महासंघद्वारा महासंघ सचिवालयमा आयोजित कार्यक्रममा उद्यमी व्यवसायीले विराटनगर, भैरहवा लगायत नाकामा पनि रेलमा आधारित सुक्खा बन्दरगाह (आईसीडी)को विस्तारमा ध्यान दिन सुझाएका हुन् । रेलमा आधारित सुक्खा बन्दरगाह अहिले वीरगञ्जमा मात्र छ ।

नेपाल–भारत सीमामा बन्दै गरेका एकीकृत भन्सार जाँचचौकी (आईसीपी)हरूको निर्माण तत्काल पूरा गर्न कार्यक्रममा सहभागी उद्यमी व्यवसायीको सुझाव छ । भौतिक पूर्वाधारमात्र नभई अन्य सुविधा र प्रविधिको प्रयोग बढाउनुपर्ने उनीहरूले बताएका छन् ।

महासंघका अध्यक्ष शेखर गोल्छाले कोभिडको महामारीका कारण यस वर्षको अन्तरराष्ट्रिय भन्सार दिवसको नारा ‘दिगो आपूर्ति श्रृंखलाका लागि भन्सारको पुनरुत्थान, नवीकरण र दृढता’ सान्दर्भिक रहेको बताए । उनले भने, ‘भन्सारमा मुख्य विषय भन्सार मूल्यांकन र वर्गीकरणको हो । यी दुवै यथार्थपरक हुनुपर्छ ।’

भन्सार विभागका महानिर्देशक सुमन दाहालले भन्सार प्रशासनको नियमित सुधारका लागि विभाग क्रियाशील रहेको बताए । उनले भने, ‘फिल्डमा देखिएका समस्या समाधानमा विभाग सदैव तयार छ ।’ साथै उनले भन्सार विभागमा निकै धेरै सुधार भएको र यो नियमित रहेको बताए ।

अर्थ मन्त्रालयका सचिव रामशरण पुडासैनीले हरेक सुधारका अभियानमा सरकारलाई निजीक्षेत्रबाट बलियो सहयोग प्राप्त भएको भन्दै कर राजस्व सुधारमा पनि निजीक्षेत्रको सहयोग आवश्यक रहेको बताए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x