Date

बिहि, भदौ २७, २०८१
Thu, September 12, 2024

सरकारी खर्चमा झीनो अंकको वृद्धि

सरकारी खर्चमा झीनो अंकको वृद्धि

काठमाडौं, १२ माघ । चालू आर्थिक वर्षको पहिलो ६ महिनामा कुल सरकारी खर्चमा झीनो अंकको मात्र वृद्धि देखिएको छ । गत आर्थिक वर्षको तुलनामा विकास लक्षित पूँजीगत खर्च घट्दा सरकारी खर्च बढ्न नसकेको हो ।

अर्थ मन्त्रालयका अनुसार चालू आवको पुस मसान्तसम्ममा पूँजीगत खर्च घटेको भने चालू खर्च बढेको छ, जस अनुसार समीक्षा अवधिमा सरकारी खर्चमा १ दशमलव २७ प्रतिशतको मात्रै वृद्धि देखिन्छ ।

सोही अवधिमा वित्तीय व्यवस्थापन खर्च ४० प्रतिशतले घटेको छ । तथ्यांक अनुसार समीक्षा अवधिमा पूँजीगत खर्च ५० अर्ब ८२ करोड र चालू खर्च ३ खर्ब ४२ अर्ब ३६ करोड पुगेको छ, जुन विनियोजित बजेटको क्रमशः १४ दशमलव ४० र ३६ दशमलव ०८ प्रतिशत हो । गत आर्थिक वर्षको सोही अवधिमा पूँजीगत खर्च १३ दशमलव ७२ प्रतिशत र चालू खर्च ३२ दशमलव ३५ प्रतिशत रहेको थियो ।

यस्तै वित्तीय व्यवस्थातर्फ पनि गत आवको भन्दा कम प्रगति देखिएको छ । पुस मसान्तसम्ममा यो शीर्षकमा २२ अर्ब ५७ करोड अर्थात् १३ दशमलव ०६ प्रतिशत प्रगति देखिएको छ, जुन गत आवको सोही अवधिमा १६ दशमलव ५० प्रतिशत थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x