Date

आइत, बैशाख ७, २०८२
Sun, April 20, 2025

महासंघको उद्योग समिति विस्तार

महासंघको उद्योग समिति विस्तार

काठमाडौं, १३ माघ । नेपाल उद्योग वाणिज्य महासंघको उद्योग समितिलाई विस्तार गरिएको छ। समितिको सहसभापतिमा महासंघको कार्यकारिणी समिति सदस्य सुशिल थापा छानिएका छन् ।

यस्तै समितिका सदस्यहरुमा पंचकन्या ग्रुपका उज्जवल श्रेष्ठ, प्लाष्टिक तथा टेक्सटायल इण्डष्ट्रिजका वीरेन्द्र साह, पेट्रोकेमिकल तथा नेपाल ग्यास इण्डष्ट्रिजका गोकुल भण्डारी,स्ट्राटेजिक म्यानेजमेन्ट एक्सपोर्टका आशिष शर्मा, प्रगति टेक्सटाइलका जीतेन्द्र लोहिया, नेपाल बोटल वाटर इण्डष्ट्रिज एशोसिएसनका अध्यक्ष सुवाष भण्डारी, नेपाल औषधि उत्पादक संघका विप्लभ अधिकारी छन् ।

समितिको आमन्त्रित सदस्यहरुमा महासंघको कर तथा राजस्व समितिका सभापति संदीपकुमार अग्रवाल, न्यौपाने एण्ड ल एशोसिएटका अंजन न्यौपाने, नेपाल लिभर लिमिटेडका प्रतिक श्रीवास्तव, एसआर स्टीलका सुरज उप्रेती, नेपाल पश्मिना उद्योग संघका धन प्रसाद लामिछाने, ट्रान्सवेल्ड नेपाल प्रा.लि.का अमुल श्रेष्ठ, यति डिष्टिलरीका अभिशेक श्रेष्ठ, एच.डि. इण्डष्ट्रिजका ईश्वर जी.सी,. मारुती फर्माका प्रभात रुङटा, बबरमहल हेरिटेजका विराट शम्शेर ज.व.राणा, फुटवेयर इण्डष्ट्रिज एसोसिएसनका कृष्ण फुयाल, रामेछाप उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष पशुपति बहादुर खड्का, तुलसीपुर उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष विमल रिजाल र चार्टर्ड एकाउन्टेन्ट विशेषविभु आचार्य रहेका छन् ।

त्यसैगरी समितिको सल्लाहकारहरुमा अग्नि सिमेन्टका डा. ई. तारा पोखरेल, ॐ ग्यासका हरिप्रसाद पाठक, नेपाल उद्योग वाणिज्य महासंघका पूर्व कार्यकारिणी समिति सदस्यद्वय रामशरण थपलिया र शैलेन्द्रलाल प्रधान र सम्राट सिमेन्टका मुकुन्द तिमिल्सिना छानिएका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x