Date

मङ्ल, असार २४, २०८२
Tue, July 8, 2025

ज्योती विकास बैंकको १० प्रतिशत बोनस शेयर वितरणको प्रस्ताव पारित

ज्योती विकास बैंकको १० प्रतिशत बोनस शेयर वितरणको प्रस्ताव पारित

काठमाडौं, १५ माघ । ज्योति विकास बैंकले हाल कायम भएको चुक्तापूँजीको १० प्रतिशत बोनस शेयर प्रदान गर्ने प्रस्ताव पारित गरेको छ । बैंकको हिजो सम्पन्न १३ औं वार्षिक साधारण सभाले उक्त प्रस्ताव पारित गरेको हो ।

बोनश शेयर वितरण पछि बैंकको चुक्तापूँजी ३ अर्ब ८४ करोड ४८ लाख रुपैयाँ पुग्ने छ । यस्तै साधारण सभाले आर्थिक वर्ष २०७६–७७ को सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित गत वर्षको वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वार्षिक वित्तियविवरणहरू उपर छलफल गरी स्वीकृत गरेको छ ।

बैंकको संस्थापक शेयरधनी समूहको तर्फबाट हरिप्रसाद, हरिचन्द्र खड्का सन्तोष अधिकारी तथा सर्वसाधारण शेयरधनी समूहको तर्फबाट नरेशराज आचार्य र ध्रुव कोइरालालाई आगामी ४ वर्षको लागि सञ्चालक समितिमा चयन भएका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *