Date

बिहि, बैशाख १३, २०८१
Thu, April 25, 2024

नविल बैंकको नाफामा सामान्य गिरावट

नविल बैंकको नाफामा सामान्य गिरावट

काठमाडौं, १५ माघ । चालू आर्थिक वर्षको पहिलो ६ महिनामा नविल बैंकको नाफामा सामान्य गिरावट आएको छ । बैंकले सो अबधिमा २ अर्ब १ करोड रुपैयाँ खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको सोही अबधिमा बैंकले २ अर्ब ४ करोड रुपैयाँ खुद नाफा कमाएको थियो ।

यो अबधिमा बैंकको वितरणयोग्य नाफा १ अर्ब ८४ करोड रुपैयाँ रहेको छ । बैंकले सो अबधिमा निक्षेप संकलन १ खर्ब ९० अर्ब रुपैयाँबाट बढाएर २ खर्ब रुपैयाँ पुर्याएको छ भने कर्जा प्रबाह पनि १ खर्ब ४८ अर्ब रुपैयाँबाट बढाएर १ खर्ब ७० अर्ब रुपैयाँ पुर्र्याएको छ । चुक्ता पूँजी १३ अर्ब ४८ करोड रुपैयाँ रहेको बैंकको जगेडा कोषमा १३ अर्ब ५२ करोड रुपैयाँ रहेको छ ।

यस्तै बैंकको खराब कर्जा अनुपात ०.६० प्रतिशतमा झारेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x