Date

बुध, मंसिर १२, २०८१
Wed, November 27, 2024

तेस्रो मुलुकबाट आयात घट्दा खुम्चियो राजस्व संकलन

तेस्रो मुलुकबाट आयात घट्दा खुम्चियो राजस्व संकलन

वीरगञ्ज, १६ माघ । तेस्रो मुलुकबाट आयात हुने अधिकांश वस्तुको आयात घट्दा वीरगञ्ज भन्सार कार्यालयको राजस्व संकलन खुम्चिएको छ । आर्थिक वर्ष २०७६÷७७ को पहिलो ६ महिनाको तुलनामा चालू आर्थिक वर्षको सोही अवधिमा ११ दशमलव ९२ प्रतिशत आयात कम भएको वीरगञ्ज भन्सार कार्यालयले बताएको छ ।

कार्यालयका अनुसार गत आर्थिक वर्षमा पहिलो ६ महिनामा दुई खर्ब ३८ अर्ब ८५ करोड ९८ लाख ३२ हजार मूल्य बराबरको सामान आयात भएको थियो भने चालू आर्थिक वर्षको सोही अवधिमा दुई खर्ब १० अर्ब ३८ करोड ९ लाख ४७ हजारको मूल्य बराबरका सामान मात्र आयात भएको छ ।
चालू आर्थिक वर्षको पुस मसान्तसम्ममा २० अर्ब २५ करोड ७८ लाख ५६ हजार राजस्व उठाउने लक्ष्य राखिएकोमा ७५ दशमलव ९९ प्रतिशत अर्थात् १५ अर्ब ३९ करोड ४४ लाख ९४ हजार राजस्व उठेको छ । समग्रमा चालू आर्थिक वर्षको पहिलो ६ महिनामा ८५ अर्ब ५१ करोड ३४ लाख १९ हजार राजस्व उठाउनुपर्नेमा ८६ दशमलव ०२ प्रतिशत अर्थात् ७३ अर्ब ५५ करोड ४४ लाख १२ हजार मात्र असुली भएको सकेको वीरगञ्ज भन्सार कार्यालयले बताएको छ ।

यो नाका भएर मुख्य रुपमा इन्धन, सवारीसाधन, औद्योगिक कच्चापदार्थ भित्रिएको छ । कच्चा पदार्थमा भटमासको कच्चा तेल, कोइला, सुर्ती, एचआरसिट, बिलेटलगायतका वस्तु आयात भएको वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी सुमित गुप्तालाई उद्धृत गर्दै राससले उल्लेख गरेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x