Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

काठमाडौं उपत्यका बाहिरबाट पनि सुन वितरण गर्न बैंकर्स संघ सहमत

काठमाडौं उपत्यका बाहिरबाट पनि सुन वितरण गर्न बैंकर्स संघ सहमत

काठमाडौं, १५ माघ । नेपाल बैंकर्स संघ काठमाडौं उपत्यका बाहिरबाट पनि सुन वितरण गर्न सहमत भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघ र बैंकर्स संघका पदाधिकारीहरूबीच बिहिबार भएको छलफलमा यस्तो सहमति भएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघ र बैंकर्स संघबीचको छलफलका क्रममा नेपाल सुनचाँदी ब्यवसायी महासंघका नवनिर्वाचित अध्यक्ष माणिकरत्न शाक्यले काठमाडौं उपत्यका बाहिरवाट सुन वितरण नगरिँदा ब्यवसायीले दुःख खेप्नु परेको भन्दै यथाशीघ्र उपत्यका बाहिरका तोकिएका स्थानहरूबाट समेत सुन वितरणको ब्यवस्था मिलाउन आग्रह गरेका थिए । त्यसक्रममा बैंकर्स संघका अध्यक्ष भुवनकुमार दाहाल लगायत संघका पदाधिकारीले ब्यवसायीको मागप्रति आफूहरु सकारात्मक रहेको र त्यसलाई कार्यान्वयनमा ल्याउन संघ तयार रहेको बताएका हुन् ।
नेपाल राष्ट्र बैंकले यसअघि नै उपत्यका बाहिरवाट पनि सुन वितरणको ब्यवस्था मिलाउने विषयलाई मौद्रिक नीतिमा समावोस गरिसकेको छ । यद्यपि सो विषय हालसम्म कार्यान्वयनमा आउन सकेको छैन ।
छलफलका क्रममा ब्यवसायीलाई सुन उपलब्ध गराउँदा बैंकहरुबाट हुने ढिलासुस्ती र अन्य प्राविधिक समस्यालाई सल्टाएर सहज रूपमा विधिसम्मत तरिकाले आआफ्नो जिम्मेवारी पुरा गर्न आफूहरु तयार रहेको संघका पदाधिकारीहरूले बताएका छन् । राष्ट्र बैंकले तोकेको व्यवस्था अनुसार बैंकर्स संघको सिफारिशमा बैंकहरूले विदेशवाट कच्चा सुनको आयात गरी महासंघको सिफारिशमा व्यवसायीहरुलाई सुन उपलब्ध गराउँदै आएका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x