Date

शुक्र, बैशाख १४, २०८१
Fri, April 26, 2024

नबिल बैंक र नेपाल महिला उद्यमी महासंघबीच कर्जा प्रवाहमा सहकार्य गर्ने सम्झौता

नबिल बैंक र नेपाल महिला उद्यमी महासंघबीच कर्जा प्रवाहमा सहकार्य गर्ने सम्झौता

काठमाडौं, १५ माघ । नबिल बैंक र नेपाल महिला उद्यमी महासंघबीच ब्याज अनुदान र लघु, साना तथा मझौला उद्यमकर्जा प्रवाहमा सहकार्य गर्ने सम्झौता भएको छ। यो सम्झौताले कोभिड १९ बाट प्रभावित लघु, साना तथा मझौला उद्यमहरुलाई दिगो विकासको लागि वित्तिय आवश्यकता पूरा गर्न मद्दत पुग्ने विश्वास लिइएको छ।

यस साझेदार अन्तर्गत नबिल बैंकले वित्तिय साक्षरता कार्यक्रम पनि सञ्चालन गर्ने जनाइएको छ । महासंघमा २५ सय भन्दा बढी सदस्यता छ ।

हाल बैंकले देशभर १ सय १९ वटा शाखा कार्यलय, १ सय ८५ एटिएम र १५ सय भन्दा धेरै नबिल रेमिट एजेन्टहरु मार्फत वित्तीय सेवा दिदै आएको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x