Date

आइत, कार्तिक २, २०८२
Sun, October 19, 2025

तिनकुने स्थित हरित सामुदायिक कृषि बजारमा माछापुच्छ्रे बैंकको क्युआर कोड सेवा

तिनकुने स्थित हरित सामुदायिक कृषि बजारमा माछापुच्छ्रे बैंकको क्युआर कोड सेवा

काठमाडौं, २१ मघ । माछापुच्छ्रे बैंकले काठमाडौंको तिनकुने स्थित हरित सामुदायिक कृषि बजारमा क्युआर कोड सेवा संचालनमा ल्याएको छ । उक्त सेवाको आज नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सुरुवात गरे ।

उक्त क्युआर कोड सेवा सुरु भएसंगै हरित कृषि बजारमा तरकारी तथा फलपूmल किन्दा बैंकको मोबाइल बैंकिङ एप्लिकेसन प्रयोग गरी भुक्तानी गर्न सक्नेछन् ।

कार्यक्रममा गर्भनर अधिकारी कृषि बजारमा माछापुच्छ्र्रे बैंकले सुरु गरेको क्युआर कोड सेवाले भुक्तानी प्रणालीमा आधुनिकीकरणको सुरुवात गरेको बताउदै यस्तो प्रणालीले कारोबारमा पारदर्शिता ल्याउने बताए ।

यस्तै बैंकका अध्यक्ष डा. विरेन्द्र प्रसाद महतोले क्युआर कोड सेवालाई हरेक तह र तप्कासम्म पुर्याउने बताए । सो बजारमा रहेका कुल १ सय ५३ तरकारी स्टलमध्ये १ सय वटामा माछापुच्छ्रे बैंकको क्यूआर कोड सेवा सुरु भइसकेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *