Date

आइत, असार २२, २०८२
Sun, July 6, 2025

आमहड्तालले देशभरको जनजीवन प्रभावित, निर्धक्क पेशा व्यवसाय सञ्चालन गर्न गृहको आग्रह

आमहड्तालले देशभरको जनजीवन प्रभावित, निर्धक्क पेशा व्यवसाय सञ्चालन गर्न गृहको आग्रह

काठमाडौं, २२ माघ । नेपाल कम्युनिष्ट पार्टी (प्रचण्ड–माधव समूह)ले आह्वान गरेको आमहड्तालले आज देशभरको जनजीवन प्रभावित भएको छ । नेपाल प्रहरीका अनुसार देशभर सवारी सञ्चालन साविकभन्दा न्यून छ । यस्तै अत्यावश्यक प्रयोजनका बाहेक अन्य सेवा तथा पेशा व्यवसाय प्रभावित हुँदा सर्वसाधारणले सास्ती पाएका छन् ।

आमहड्तालको प्रभाव काठमाडौं उपत्यकामा तुलनात्मक रूपमा कम भए पनि उपत्यका बाहिर बढी प्रभाव परेको बताइएको छ । बन्दकर्ताले काठमाडौंसहित केही स्थानमा सञ्चालित सवारीसाधनमा समेत क्षति पु¥याएका छन् ।

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बुधवार अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोगलगायतका संवैधानिक निकायमा नियुक्ति गरेको विरोधमा प्रचण्ड–माधव समूहले आज आमहडताल आह्वान गरेको हो ।

सरकारले भने पूर्ववत् रूपमै सार्वजनिक यातायात, उद्योगधन्दा, पेशा, व्यवसाय सञ्चालन गर्न उद्यमी व्यवसायीलाई आग्रह गरेको छ । गृह मन्त्रालयले विज्ञप्ति जारी गर्दै आमहड्तालका क्रममा संविधान तथा प्रचलित कानूनविपरीत शान्ति सुरक्षामा खलल पुग्ने गतिविधि नगर्न भनेको छ । साथै शान्ति सुरक्षामा खलल पुग्नेगरी तोडफोड, आगजनी र जबर्जस्तीलगायतका अवाञ्छित गतिविधि गरेको पाइएमा त्यस्ता गतिविधिमा संलग्न हुने उपर कानूनबमोजिम कारबाही गरिने चेतावनी दिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *