Date

बुध, बैशाख १९, २०८१
Wed, May 1, 2024

निजी तथा साझेदारी फर्म दर्ता जिल्लाबाटै, पहिलो चरणमा बागमती प्रदेशमा

निजी तथा साझेदारी फर्म दर्ता जिल्लाबाटै, पहिलो चरणमा बागमती प्रदेशमा

काठमाडौं, २२ माघ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले निजी र साझेदारी फर्म दर्ता जिल्लाबाटै हुने व्यवस्था गर्ने भएको छ । पहिलो चरणमा बागमती प्रदेशमा जिम्मेवारी हस्तान्तरण गरेको विभागले निकासी, पैठारी व्यापार बाहेकका प्राइभेट तथा साझेदारी फर्म दर्ता र नियमनको कार्य अन्य प्रदेशमा समेत प्रदेश कानून तर्जुमा भएपपछि क्रमशः हस्तान्तरण गरिने बताएको छ ।

पहिलो चरणमा बागमती प्रदेशभित्रका जिल्लाबाट आगामी फागुन १ गतेदेखि यो सेवा सञ्चालन हुनेछ । विभागले बागमती प्रदेश, उद्योग, पर्यटन, वन तथा वातावारण मन्त्रालय अन्तर्गतका जिल्लास्थित घरेलु तथा साना उद्योग कार्यालय हुने बताएको छ ।

जिल्लास्थित घरेलु तथा साना उद्योग कार्यालयबाट निकासी पैठारी व्यापारबाहेकका प्राइभेट तथा साझेदारी फर्म दर्ता तथा नियमनको कार्य हुने विभागका प्रवक्ता शिवराज सेढाईंलाई उद्धृत गर्दै राससले उल्लेख गरेको छ ।

पुराना फर्मको नवीकरण, संशोधन र खारेजीसम्बन्धी कार्य भने सम्बन्धित प्रदेशमा हस्तान्तरण नभएसम्म विभागबाटै सञ्चालन हुनेछ ।

गत १७ गते मन्त्रिस्तरीय निर्णयबाट ‘वाणिज्य प्रशासनसम्बन्धी कार्य जिम्मेवारी हस्तान्तरण अवधारणापत्र तथा कार्ययोजना, २०७७’ को स्वीकृत भएको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x