Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

तारागाउँ रिजेन्सीको साधारणसभा फागुन १४ गते

तारागाउँ रिजेन्सीको साधारणसभा फागुन १४ गते

काठमाडौं, २२ माघ । तारागाउँ रिजेन्सी होटल लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश प्रस्ताव पारित गर्न आगामी फागुन १४ गते साधारणसभा डाकेको छ । होटलले रजिष्टर्ड कार्यालय, बौद्धमा बिहान ११ बजे २४ औँ वार्षिक साधारण सभा डाकेको हो। होटलले सो सभामा भर्चुअल भिडियो कन्फरेन्सको माध्यमबाट सहभागिता जनाउन शेयरधनीहरुलाई अनुरोध गरेको छ ।

सो सभाले चुक्ता पूँजीको १० प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ भने यसका साथै लेखापरीक्षक नियुक्त गर्ने, सञ्चालकको निर्वाचन लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ ।

साधारण सभा प्रयोजका लागि होटलले माघ ३० गतेदेखि फागुन १४ गतेसम्म बुकक्लोज गर्ने भएको छ । माघ २९ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले होटलको सभामा सहभागिता जनाउन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x