समावेशी दिगो आर्थिक पुनरुत्थानको निम्ति सामुहिक प्रयास आवश्यक छ : गभर्नर अधिकारी
काठमाडौं, २३ माघ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कोभिड–१९ का कारण अर्थतन्त्रमा देखिएको चुनौतीको सामना गर्दै समावेशी र दिगो आर्थिक पुनरुत्थान हासिल गर्न सबै पक्षको सामुहिक प्रयास आवश्यक रहेको बताएका छन् । बिहीबार गभर्नर अधिकारीले एएफआई को ‘पब्लिक–प्राइभेट डाइलोग’ बैठकलाई सम्बोधन गर्दै कसैको एक्लो प्रयासबाट मात्रै महामारीले निम्त्याएको सङ्कटलाई सम्बोधन नसक्ने बताएका हुन् ।
उनले अतः समावेशी र दिगो आर्थिक पुनरुत्थानको निम्ति सरोकारवाला लगायत सबै पक्षको पहल आवश्यक रहेको बताए । कोभिड–१९ द्वारा सिर्जित सङ्कटको नकारात्मक प्रभाव केही समयसम्म देखिन सक्ने उल्लेख गर्दै गभर्नर अधिकारीले त्यसबाट अर्थतन्त्रमा आउन सक्ने चुनौतीलाई सम्बोधन गर्नका निम्ति प्रभावकारी र व्यावहारिक कार्यदिशा अवलम्बन गर्नुपर्ने आवश्यकतामा जोड दिए ।
उक्त बैठकमा कोभिड महामारी र नेपालको सन्दर्भबारे चर्चा गर्दै गभर्नर अधिकारीले नेपालको पर्यटनसँगै लघु, साना र मझौला उद्यम÷व्यवसाय बढी प्रभावित बनेको धारणा उनले राखे । यसलाई सम्बोधन गर्न नियामक निकायको हैसियतमा नेपाल राष्ट्र बैंकले सहजीकरणको निम्ति विभिन्न नीतिगत व्यवस्था अवलम्बन गरेको गभर्नर अधिकारीले जानकारी दिए । कोभिडबाट प्रभावित व्यवसायलाई राहतस्वरूप बैंक तथा वित्तीय स्थामार्पmत पुनरकर्जा सुविधा उपलब्ध गराइएको र सो अवधिमा विद्युतीय माध्यममार्फत हुने भुक्तानी कारोबारलाई प्रबद्र्धन गरिएको उनले उल्लेख
गरे ।