इन्फिनिटी लघुवित्तले नेपाल एग्रोलाई प्राप्ति गर्ने
काठमाडौं, २७ माघ । इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले नेपाल एग्रो लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गर्ने भएको छ । दुई संस्थाबीच माघ २६ गते सोमबार समझदारी पत्रमा हस्ताक्षर भएको हो ।
उक्त समझदारी पत्रमा इन्फिनिटी लघुवित्तको तर्फबाट बलराम विष्ट र नेपाल एग्रो लघुवित्तको तर्फबाट विवेक श्रेष्ठले संयुक्त रुपमा हस्ताक्षर गरेका हुन् ।
नवलपुरको गैनडाकोटमा केन्द्रीय कार्यालय रहेको इन्फिनिटी लघुवित्तले कास्की जिल्ला पोखरा महानगरपालिका वडा नं. १८, विन्ध्यावासिनीमा केन्द्रीय कार्यालय रहेको नेपाल एग्रो लघुवित्तलाई प्राप्ति गर्न लागेको हो ।