नेपाल लाइफको सिईओ प्रसाईको नियुक्त स्विृकतिको लागि बीमा समितिमा पठाइने
काठमाडौं, २९ माघ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सिईओ) मा सन्तोष प्रसाई नियुक्त भएका छन् । सञ्चाल समिति बैठकले कम्पनीका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत प्रसाईलाई प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गरेको हो ।
उनको नियुक्ती स्विकृतिको लागि बीमा समितिमा पठाइने छ । प्रसाईले साउन १ गते देखि कार्यवाहक प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा थिए ।