Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

दुवईका रहेका नेपालीले सरफ एक्सचेन्जबाट पठाएको रकम माच्छापुच्छ्रे बैंकबाट पाउने

दुवईका रहेका नेपालीले सरफ एक्सचेन्जबाट पठाएको रकम माच्छापुच्छ्रे बैंकबाट पाउने

काठमाडौं, २९ माघ । माछापुच्छ्रे बैंकले दुवईमा रहेका नेपालीहरु माझ आफ्नो सेवालाई अझै विस्तार गर्दै लैजाने क्रममा दुवई स्थित रेमिट्यान्स कम्पनी सरफ एक्सचेन्जसंग व्यवसायीक सम्झौता गरेको छ ।

उक्त सम्झौतापत्रमा सरफ एक्सचेन्जका महाप्रबन्धक सुरेश कुमार तथा माछापुच्छ्रे बैंकर्का प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले हस्ताक्षर गरेका छन् । उक्त सम्झौता पश्चात अव दुवईमा रहेका नेपालीहरुले दुवईस्थित सरफ एक्सचेन्जका सम्पूर्ण शाखाबाट पठाएको रकम सजिलैसँग बैंकका देशभर रहेका सम्पूर्ण शाखा तथा ७ हजार भन्दा बढि रेमिट्यान्स एजेन्ट मार्फत भुक्तानी पाउने छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x