Date

मङ्ल, बैशाख ११, २०८१
Tue, April 23, 2024

भुक्तानीमा डिजिटल प्रणाली ‘क्युआर कोड’ लागु गर्न सुनचाँदी व्यवसायीलाई गभर्नरको सुझाव

भुक्तानीमा डिजिटल प्रणाली ‘क्युआर कोड’ लागु गर्न सुनचाँदी व्यवसायीलाई गभर्नरको सुझाव

काठमाडौं, २९ माघ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले स्वदेशी श्रम र शीपलाई प्रवद्र्धनगर्न आग्रह गरेका छन् । नेपालको ठूलो जनशक्ति रोजगारीकालागि विदेश पलायन हुनुपरेको विद्यमान अवस्थामा पनि नेपालमा भने कयौं क्षेत्रमा अझै पनि विदेशी कालिगढको वाहुल्यता रहेको उल्लेख गर्दै उनले स्वदेशमा नै पर्याप्त तालिमको ब्यवस्थागरी रोजगारी प्रवद्र्धनगर्न सकिने बताए ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका प्रतिनिधीमण्डलसँग बुधबार भएको छलफलमा गभर्नर अधिकारीले सुनचाँदीको क्षेत्रमा काम गर्नका लागि पर्याप्त मात्रामा स्वदेशी कालिगढ उत्पादनगर्न र विदेशी कालिगढलाई विस्थापित गर्न सुझाव दिए । स्वदेशी कालिगढ उत्पादनका लागि आवश्यक पर्ने शीप विकास तालिमका लागि राष्ट्र बैंकले समेत सहयोग गर्ने प्रतिवद्धता समेत उनले बताए ।
एक तथ्याङक अनुसार नेपालको सुनचाँदी क्षेत्रमा मात्रै झण्डै ७० हजार विदेशी कालिगढले काम गर्दै आएका छन् । जसवाट ठूलो धनराशी विदेशीँदै आएको छ ।

ब्यवसायी सँगको छलफल कार्यक्रममा गभर्नर अधिकारीले भुक्तानीमा डिजिटल प्रणाली ‘क्युआर कोड’ लागु गर्न समेत जोड दिए । महासंघका अध्यक्ष माणिकरत्न शाक्यले ब्यवसाय सञ्चालनका दौरानमा आइपरेका समस्याहरु जानकारी गराउँदै तीनलाई हलगर्नका लागि पहल गर्न आग्रह गरे ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x