Date

मङ्ल, बैशाख ३०, २०८२
Tue, May 13, 2025

मछापुच्छ्रे बैंकको ल्यायो आफ्नै मोवाइल वालेट ‘रेमिट्याप’

मछापुच्छ्रे बैंकको ल्यायो आफ्नै मोवाइल वालेट  ‘रेमिट्याप’

काठमाडौं, ३० माघ । माछापुच्छ्रे बैकले आफ्नै मोवाईल वालेट ‘रेमिट्याप’ संचालनमा ल्याएको छ । बैंकले आफ्ना ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै तथा डिजिटल बैंकिङ्ग सुविधाहरुलाई हरेक तह र तप्कासम्म पुर्याउने उद्धेश्यले आफ्नै मोवाईल वालेट संचालनमा ल्याएको जनाएको छ।

रोवर्सट टेक्नोलोजीमा निर्माण भएको रेमिट्याप मोवाईल वालेट अत्यन्त सुरक्षित चलाउन एकदमै सहज रहेको जनाएको छ । रेमिट्यापमा भर्चुअल कार्ड सिर्जनागरि उक्त कार्डबाट भुक्तानीगर्ने, साथीलाई उक्त भर्चुअलकार्ड गिफ्ट गर्न सकिने, एउटै अकाउन्टबाट व्यक्तिगत तथा मर्चेन्ट दुवै कारोबार गर्न सकिने जस्ता सुविधाहरु रहेको छ ।

यसका साथै रेमिट्याप बिशेषगरि बिदेशबाट रेमिट्यान्स वालेटमा पठाउन तथा पाउन उपयोगी हुने बैंकले जनाएको छ। रेमिट्यापले बिदेशको साथै नेपालभित्र नै एक ठाउबाट उर्को ठाउमा आन्तरिक रेमिट्यान्सको कारोबार गर्न पनि यसले सहज बनाउने छ । रेमिट््यापबाट पठाएको रेमिट्यान्स देशैभर छरिएका ७ हजार भन्दा बढि एजेन्टहरुबाट तुरुन्तै नगद भुक्तानी लिन सकिनेछ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *