Date

मङ्ल, मंसिर ११, २०८१
Tue, November 26, 2024

स्टार्टअप आइडिया पठाउन बागमती प्रदेश सरकार र राष्ट्रिय वाणिज्य बैंकको आग्रह, निःशुल्क तालीम र सहुलियत कर्जाको प्यवस्था

स्टार्टअप आइडिया पठाउन बागमती प्रदेश सरकार र राष्ट्रिय वाणिज्य बैंकको आग्रह, निःशुल्क तालीम र सहुलियत कर्जाको प्यवस्था

काठमाडौं, ३० माघ । मङ्सिर २४ गतेबाट सुरु भएको स्टार्टअप आइडिया कल कार्यक्रममा सहभागी हुन राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. पुष्प कँडेलले आग्रह गरेका छन् । भक्तपुरमा रहेको समृद्धि कलेजको सह आयोजनामा बागमती प्रदेश सरकार, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, राष्ट्रिय वाणिज्य बैंक र विशाल फाउण्डेशनले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा उपाध्यक्ष कँडेलले सरकारले बैंक, वित्तीय संस्था र निजीक्षेत्रको नेतृत्वमा युवाहरुलाई उद्यमी बनाउने नीति लिएको उल्लेख गर्दै अवसरका सदुयोग गर्न आग्रह गरे ।
कार्यक्रममा उद्योग, पर्यटन, वनतथाबातावरण मन्त्रालयका सचिव डा. सिन्धुप्रसाद ढुङ्गाना, राष्ट्रिय वाणिज्य बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारी र विशाल फाउण्डेशनका अध्यक्ष नरेशप्रसाद श्रेष्ठले स्टार्टअप आइडियाहरुलाई संरक्षण र प्रोत्साहनकै लागि पुर्ण प्याकेजको रुपमा यो आइडिया कल कार्यक्रम अघि बढेकाले यसमा आइडिया पठाउन र उद्यमी बन्न आग्रह गरे ।
काठमाडौं, भक्तपुर र ललीतपुर जिल्लामा स्टार्टअप कम्पनी सञ्चालन गरिरहेका, उद्यम सञ्चालनगर्न खोजीरहेका र बिभिन्न कलेजका व्यवस्थापन र आइटी पढ्दै गरेका करिव १५० जना युवाहरुलाई वल्र्ड लिंकका अध्यक्ष् ाएवं युवा उद्यमी दिलिप अग्रवाल, ई कमर्स संस्तो डिलका संस्थापक अमुन थापा, महिला उद्यमी महासंघका उपाध्यक्ष दर्शना श्रेष्ठ, वरिष्ठ महिला उद्यमी स्यामबदन श्रेष्ठ, कृषि विकास बैंकका अध्यक्ष लक्ष्मीप्रपन्न निरौला, समृद्धि कलेजका प्रिन्सिपल सन्दीप श्रेष्ठ लगायतले बिभिन्न सेसनमा युवाहरुलाई हौसला प्रदान गरेका थिए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x