Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

वनक्षेत्रबाट तीन वर्षमा साढे ४ करोड घनफिट काठ उत्पादन

वनक्षेत्रबाट तीन वर्षमा साढे ४ करोड घनफिट काठ उत्पादन

काठमाडौं, ३ फागुन । वनक्षेत्रबाट मुलुकमा तीन वर्षमा साढे ४ करोड घनफिटभन्दा बढी काठ उत्पादन भएको छ । वन तथा वातावरण मन्त्रालयले सार्वजनिक गरेको २०७४ साल फागुन ४ गतेदेखि हालसम्मको प्रगति विवरण अनुसार हालसम्मको अवधिमा राष्ट्रिय वन तथा निजीवनबाट कुल ४ करोड ५५ लाख ६० हजार ३१६ घनफिट काठ उत्पादन भएको हो । यस अवधिमा वनजन्य, जडीबुटी तथा फलफुलका पाँच करोड ७८ लाख ४५ हजार ४४० बिरुवा उत्पादन भई ९ हजार १६२ हेक्टरमा वृक्षरोपण गरिएको छ

सोही अवधिमा वन तथा वातावरण क्षेत्रबाट रू. ११ अर्ब ६५ करोड ९१ लाख आम्दानी भएको छ । संरक्षित क्षेत्रको प्रवेश शुल्क, सरकारद्वारा व्यवस्थित वनको काठ दाउरा तथा जडीबुटी एवम् अन्य गैरकाष्ठ वन पैदावार विक्री, प्रदूषण नियन्त्रण शुल्क, जरिवाना र निजी तथा सामुदायिक वनवाट विक्री भएका वन पैदावारबाट प्राप्त हुने मूल्य अभिवृद्धि कर आदिबाट उक्त आम्दानी भएको हो ।

यसैगरी वर्तमान सरकार गठन भएयता तीन वर्षमा वन तथा वातावरण मन्त्रालयअन्तर्गतका निकाय जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेड, राष्ट्रिय प्रकृति संरक्षण कोष, नेपाल वन निगम र वन पैदावार विकास समितिद्वारा रू. तीन अर्ब सात करोड ४७ लाख ५८ हजार आम्दानी भएको छ ।

उक्त अवधिमा देशैभरका २० संरक्षित क्षेत्रमा आठ लाख ८० हजार ३१० विदेशीसहित १५ लाख ८३ हजार ३४० पर्यटकले भ्रमण गरेका छन् भने सदर चिडियाखाना र राष्ट्रिय वनस्पति उद्यानमा ३४ लाख ६६ हजार ५२७ आगन्तुकहरूले भ्रमण गरेका छन् ।

यस अवधिमा वन तथा वातावरण क्षेत्रमा १२ आयोजना परियोजनामार्फत १२२ दशमलव २३६ मिलियन डलरको कार्यक्रम सञ्चालनमा रहेको मन्त्रालयले बताएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x