महालक्ष्मी विकास बैंक का.मु प्रमुख कार्यकारी अधिकृतमा लम्साल
काठमाडौं, ३ फागुन । महालक्ष्मी विकास बैंककोे दिपेश लम्साललाई कामु प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिएको छ। हिजो बसेको बैंक सञ्चालक समिति बैठकले उनलाई उक्त जिम्मेवारी दिएको हो ।
उनी बिगत १२ बर्ष देखि महालक्ष्मी विकास बैंकमा कार्यरत छन् । बिभिन्न वाणिज्य तथा विकास बैंकमा २५ बर्ष काम गरेको अनुभव लम्सालसँग छ ।